फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा समूह ‘सी’ अन्तर्गतको खेलमा पाँचपटकको च्याम्पियन ब्राजिलले मोरक्कोसँग १–१ को बराबरी खेलेको हो ।
अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा २१औं मिनेटमा मोरक्काका लागि स्ट्राइकर इस्माइल साइबारीले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए । उनले गोलकिपर एलिसन बेकरलाई साइबारीले वान भर्सेस वानमा बिट गर्दै गोल गर्न सफल भएका हुन् ।
तर, खेलको ३३ औं मिनेटमा ब्राजिलका भिनिसियस जुनियरले गोल गर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने केही सुन्दर अवसर खेर फाल्दा खेल १-१ को बराबरीमा सकियो ।




प्रतिक्रिया राख्नुहोस्