फिफा विश्वकप २०२६ मा जापान र नेदरल्यान्ड्सले बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा जापान र नेदरल्यान्ड्सले २-२ को बराबरी खेलेका हुन् ।
दुईपटकको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्स बराबरीमा चित्त बुझाउन बढ्यो भयो । अमेरिकाको डलास स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
दुवै टोलीले दोस्रो हाफमा समान २-२ गोल गरे । खेलको ५०औं मिनेटमा भर्जिल भान डाइकले हेडरमार्फत गोल गर्दै नेदरल्यान्ड्स लाई अग्रता दिलाएका थिए । तर खेलको ५७ औं मिनेटमा जापानका केइतो नाकामुराले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । खेलको ६४औं मिनेटमा क्रिसेन्सो समरभिलले गोल गरेपछि नेदरल्यान्ड्सले २-१ को अग्रता लियो ।
त्यसपछि खेलको ८९औं मिनेटमा जापानका डाइची कामाडाले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि कुनै गोल भएनन् र दुवै टोलीले २-२ को बर्बरी खेल्दै समान एक-एक अंक बाँडे ।




प्रतिक्रिया राख्नुहोस्