जापान

हर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा

अमेरिका–इरान शान्ति सम्झौता पछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुनः सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार देखि तेल र ग्यासका लागि महत्वपूर्ण ढुवानी मार्ग मानिने हर्मुज “पूर्ण रूपमा खुला“ हुने जनाउदै जलमार्गबाट आवागमन सुनिश्चित गर्न अझै “खोजी“ भइरहेको बताउनुभएको छ ।

ट्रम्पले जापान लगायत विश्वव्यापी सहयोगीहरूलाई स्टेट अफ हर्मुज खोल्न मद्दत गर्न यस क्षेत्रमा युद्धपोत पठाउन दबाब दिनु भएको छ ।

यस विषयमा हाल सम्म कुनै निर्णय नगरिएको जापानी रक्षामन्त्री सिन्जिरो कोइजुमीले मङ्गलबार बताउनुभएको छ ।

कोइजुमीले सहयोगी अमेरिकासहित सम्बन्धित देशहरूसँग नजिकबाट परामर्श गरी परिस्थितिको सावधानीपूर्वक मूल्याङ्कन र अन्तर्राष्ट्रिय कानूनको आवश्यक उपायहरू बारे विचार गर्न चाहेको बताउनुभएको छ ।

गत अप्रिलमा, सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टीका वरिष्ठ सदस्यहरूले युद्ध रोकिएपछि जापानले स्ट्रेट अफ होर्मुजमा अवरोधहरू हटाउन आवाश्यक तैनाथी गर्ने विचार गर्नु पर्ने बताएको जनाइएको छ ।

हाल फ्रान्समा “जी सेवेन” शिखर सम्मेलनमा सहभागी प्रधानमन्त्री साने ताकाइचीले युद्धविराम सम्झौता पछि जापानसँग विभिन्न विकल्पहरू रहने बताउनु भएको छ ।

यसअघि सन् १९९१ मा भएको खाडी युद्धमा युद्धविराम पछि जापानी सेना माइन–क्लियरेन्स अपरेसनमा संलग्न भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.