जापान

विश्व संगीत दिवसको अवसरमा जापानमा विशेष कार्यक्रम (फोटो फिचर)

विश्व संगीत दिवसको अवसरमा आज जुन २१ का दिन जापानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । दुई नेपाली संस्था पर्वत समाज जापान र बलेवा सेवा समाज जापानको संयुक्त आयोजनामा विशेष बार्बीक्यु कार्यक्रम सम्पन्न गरिएको हो ।

जापानबासी नेपालीका साथै जापानी र अन्य समुदायका नागरिकहरुको उपस्थितिमा संगीतका विविध विधासंगै मानिसहरुलाई आपसमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकमध्येका एक सुरेन्द्र प्रेम पौडेलले बताउनुभयो ।

सन् १९८२ मा फ्रान्सबाट सुरु भएको विश्व संगीत दिवस हरेक वर्ष जुन २१ मा विश्वभर मनाइन्छ। यस दिवसलाई फ्रान्सेली भाषामा ुफेट द ला म्युजिकु पनि भनिन्छ।

यस दिवसको उद्देश्य संगीतमार्फत मानिसहरूलाई जोड्नु, नयाँ तथा पुराना कलाकारलाई प्रोत्साहन गर्नु र संगीतलाई सबैका लागि सहज पहुँचमा पुर्‍याउनु हो।

विश्व संगीत दिवसको सन्दो “संगीत भाषा, संस्कृति र सीमाभन्दा माथिको साझा भावना हो। संगीतले मानवतालाई एकताबद्ध बनाओस्” भन्ने रहेको छ ।

(टोकियोबाट दीपक पौडेलको सहयोगमा)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.