खेलफूटबल

फिफा विश्वकपमा क्रोएसियाद्वारा पानामा १-० ले पराजित

फिफा विश्वकप २०२६ मा क्रोएसियाले पानामालाई पराजित गरेको छ । बुधबार बिहान भएको खेलमा क्रोएसियाले पानामालाई १-० ले पराजित गरेको हो ।

क्रोएसियालाई जित दिलाउन एन्टे बुडिमिरको गोल निर्णायक रह्यो । क्यानडाको टोरन्टो स्टेडियममा सम्पन्न खेलमा क्रोएसियाका बुडिमरले खेलको ५३औं मिनेटमा जोसिफ स्टानिसिकको पासमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । त्यसपछिको समयमा दुवैले टोलीबाट गोल भएन र खेल क्रोएसियाले आफ्नो पक्षमा पार्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्यो ।

जितसंगै समूह एलमा रहेको क्रोएसियाले दुई खेलमा ३ अंक जोड्दै तेस्रो स्थानमा छ भने पानामा भने लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिएको छ । क्रोएसिया पहिलो खेलमा इंग्ल्यान्ड्सँग ४-२ ले पराजित भएको थियो । क्रोएसियाले अब अन्तिम खेलमा घानासँग खेल्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.