बिचार

रास्वपाभित्र पनि ‘ओली शैली’ ?

हिजोसम्म संसारको सबैभन्दा क्रुर, अधिनायकवादि, अहंकारी, घमण्डी, निर्दयी, भष्टाचारी, दलाल र बिचौलियाहरुका माईवाप भनेर के पी शर्माको नाम लिन्थे त मान्छेहरु । तर वलीभन्दा नि खतनाक रवि लामिछाने रै’छन भन्न लाए त मान्छेले हँ !

पाटीको चुनाबाँ जसरी वलीको विरुद्ध चुनाब लडने नेतालाई गाडो उठनै नपाउने गरी धस्याधस्यै गरिन्थ्यो र त्यसबेला वलीका सिकार सुदुरपश्चिमका एमालेका कमान्डर डा. भीम रावल भा’थे त्यसै गरी रास्वपाका नेता रवि लाम्छानेले नि आफ्नो विरुद्ध चुनाब लडने यौटा मधेसी जेनजीलाई शिकार बनाए भन्छन त !

चुनाबाँ म पनि अध्यक्षाँ लडछु भनेछि रविले मलाई महाधिवेशन प्रतिनिधिबाट सफाया गरेर चुनाब लडनै देनन् भनेर सामाजिक सञ्जालाँ पूरै रुवाबासी गर्याछ त हँ !

साँच्चै चुनाब लडने भनेछि रविले चुनाब हार्ने कुरै भएन । आखिर उनले रास्वपा पाटी बनाउन त्यसलाई जोगाउन र कार्यकर्ताको संरक्षण गर्न कुनै कसर बाँकी राख्याथेनन् ।

आफू सहकारी ठगीमा अनेकन जेलको बसाई र अदालतहरुका दौडाईमा रहँदासमेत साथीहरुलाई ढाढस दिएर कत्ति पनि विचलित नभएर पाटी चलाउन उनले दिएको आडभरोशा अन्य नेताका लागि कत्ति पनि कम थिएन ।

नलाई लागेको मुद्दा तिर्नु पर्ने रकमको मागदावी अनि चारैतिरबाट अँठ्यार जीवनमा कैल्यै पनि जेलबाट नछुटने जस्तो भयावह अवस्थामा समेत एकआध साथीहरुमात्र उनीबाट छुटेर गएका तर अरु सबैले अध्यक्ष कुनै न कुनै दिन जेलबाट छुटेर पाटी सम्हाल्ने छन् र हाम्रो र हाम्रो पाटीको राजनीतिक जीवनमा फेरि उज्यालो छाउनेछ भनेर कार्यकर्ताले त्यत्रो आश लगाएका नेताले निर्विरोध अर्थात मेरो प्रतिद्वन्द्वी नै छैन भन्ने देखाउन प्रजातान्त्रिक मूल्य र मान्यतालाई लत्याएर आफ्नो विरुद्धमा उठन पाउने अर्को कार्यकर्ताको प्रजातान्त्रिक हक खोस्नका लागि प्रतिनिधिबाटै उडाईदिए भन्ने सुन्दा अचम्म लाग्यो ।

यदि यस्तो हो भने त यौटा कमिनिष्टको अहंकारी नेता वली र रवि लामिछानेमा के अन्तर देखियो त ? हिजोका दिनदेखि वलीले रावललाई लखेटन थालेछि जसरी उनी र उनको पाटी जनताट लखेटिँदै रहेको छ भोलि रवि र रविको पाटी नलखेटियला भन्ने ग्यारेन्टी कसैले दिन सक्ला र ?

हिजो काँग्रेस कमिनिष्टले नि त हाम्रो विकल्प छैन भनेर जनता र कार्यकर्ताको अपमान गर्दा गर्दा जेनजी भन्ने जमात जन्मियो र तिनका नेतादेखि पाटीसम्म खरानी भए त्यसै गरी रास्वपा अनि त्योभित्रका रवि र बालेनको जनता र कार्यकर्तामाथि अपमान गर्ने शैली झाङ्गिँदै गयो भने भोलि फेरि यिनका विरुद्ध पनि त कुनै जमात वा शक्ति उठेर आउन सक्छ र यिनरलाईनि बाढिले बढारेझैँ बढारेर लग्न सक्छ ।

त्यसैले जनताले रास्वपालाई दिएको मतको अपमान र कार्यकर्ताको अधिकारकोविरुद्ध हुने गरी कहीं कसैले आफ्नो गतिविधि अघि बढाउनु हुँदैन । अन्यथा ऐलेका काँग्रेस एमालेको हाल जस्तै भोलि रास्वपाको हाल हुन सक्छ । नेताहरुमा चेतना भया ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.