बिचार

‘अमलेट काण्ड’ र गृहमन्त्रीको महान उदारता !

यो देशका महान र गौरबशाली नेपाली जनता जनार्दनज्युहरु तपाईंहरले जेसुकै भन्नोस तपाईं हाम्ले यस्ता राम्रा लक्षिनका गृहमन्त्री चाईँ भाग्यैले पाका हुम्के !

जो पायो त्यैले यस्तो नेता सितिमिति पाउन्न । जेनजीको त्यति ठूलो नेता अँझ देशको गृहमन्त्री जस्तो मान्छे जता जाँदा र जता पुग्दानि अघिपछि सेना र पुलिसको लाईन लाएर हिँडन पाइने ।

सबैले हाईहाई गर्ने त्यत्रो ठूलो मान्छेको अमलेटाँ माछा’काँडा पस्दानि होटेलवालाई खास कार्वाही नगरेर यौटा अमलेटाँ काँडा भेटिए बापत जम्मा ३ लाख रुपियाँ मात्र तिराएर होटेलले गर्या पाप माफ गर्दिनु भन्या मनको कमता सफा मान्छे हो गृहमन्त्री ज्यू !?!

मान्छे ह्वाँ सामान्य पोष्टाँ हुँदा त कस्ता कस्ता फूर्ति लाउँछन । तर गृहमन्त्री सुधन गुरुङ जस्तो सोझो मान्छेले कसैलाई केही नभनि “अमलेट छानबिन समिति” गठन गरेर समितिलाई तत्काल रिजेल्ट निकाल्न आदेश दिँदै चितवनका अशिष्टेण्ट सिडिओ साहबको नेतृत्वको टिमले नि एकैदिनाँ रिजेल्ट निकालेर रिजेल्ट अनुसार जम्मा ३ लाख जरिबाना तिराएर होटललाई छोड दिनु भो भन्ने सम्चार आए छि म पनि एकछिनत सन्नै भएँ के !

रास्वपा जस्तो भाईरल पाटीको भाईरल गृहमन्त्रीसित सम्बन्धित केशाँनि होटलवालालाई गर्या जरिबाना नगन्य नै मान्नु पर्छ के ! त्यसै त ऐल्या गृहमन्त्रीज्यू त्यसाँनि जेनजी कमाण्डर अँझ भएन भनेर रास्वपा, त्यतिमात्रै हो र ?

देशकै ठूलो पाटीका अँझ भएन भनेर त्यसाँनि दुई तिहाईको सरकार अनि फेरि कसिमा खरो उत्रिएर -गृहमन्त्री हुँदा केही प्रश्न उठेछि राजिनामा दिएर त्यसको छिनोफानो भएछि) पुन गृहमन्त्री भाका मान्छेले खान ला अमलेटाँ माछाकै काँडा भेटिएको प्रमाणित हुँदा नि अरु कार्वाहि केई नगरेर ३ लाख जरिबानाले चित्त बुझाउनु भन्या कम्ता सम्यमितता हो १

अरु भैद्याभा त्यो होटेलका साहु, मालिक, भान्से सबलाई लगेर पुलिसाँ खारखेर गरेर त्यल्लाई कम्तियाँ २०/२५ दिन थुनेर अदालताँ खाद्य सम्बन्धी मुद्दा हाल्ने हो कि ज्यान मार्ने उद्योगाँ हाल्नेकि, राज्यविरुध्दको अपराधाँ हाल्ने कि रोजिछानि सबभन्दा धेरै सजाय र जरिबाना हुनेमा मुद्दा चलाउँथे होला ।

तर गनिमत मान्नोस् होटेल मालिकज्यु, हाम्रो गृहमन्त्रीज्युले जम्मा ३ लाख जरिवाना गर्ने गरी सजाय तोक्न लाउनु भएछ । अब त्यै जरिवानालाई साहुजीलेनि १ लाख पहिले माछा तारेको भाँडाँ अमलेट पका कक जरिवाना अनि अर्को १ लाख भान्सेले लापरवाही गर्दा भाको जरिवाना र अर्को १ लाख चाईँ अरु फौजदारी अभियोग नलाएर खाद्य बस्तु विक्रीवितरणको कशुरमा लगाको जरिवाना सम्झेर चित्त बुझाउनु पर्यो हैन र ?

ल एक्छिन सोच्नोस त ! अण्डा खाँदा त्यो अण्डाभित्रको काँडा गएर गृहमन्त्री ज्युको घाँटीयाँ अडकेर सास फेर्नै नसक्ने अवस्था आएर ह्वाँको ज्यान तलमाथि पर्ने अवस्था आभा के हालत हुँदो भन्नोस त ?

धन्न भगवान दाहिना भएर अण्डा चम्चाँ लिने बित्तिकै अमलेटाँ टाँसिएको बस्तु के रैछ भनेर काँटाले कोट्याउने बित्तिकै गृहमन्त्रीज्युले त्यो अमलेटै खानु भएन र उहाँको ज्यान तलमाथि हुन पाएन ।

अन्यथा गृहमन्त्रीज्यु आफ्नो पाटीको त्यति ठुलो पाटी महाधिवेशनको कार्यक्रमाँ आउँदा र खाँदा त त्यस्तो लापर्वाही हुन्छ त अघिपछि के होला । अबदेखि अल्लि होस पुर्याएर होटेल चलाउनु होला है साहुजी । यदि यस्तै घटना काँग्रेस कमिनिस्टका मन्त्री आउँदा घट्थ्यो भने के हुन्थ्यो ?

भलै उनरलाई यस्ता कुराँ कुनै मतलबै हुँदैन । उनरु भनेका खान पाए पुग्यो वाला हुन् । खाद्य अधिकार र गुणस्तर अनि थितिनीति नमान्ने भएकाले ती काँग्रेस कमिनिष्ट आउँदा जे जसरी देनि हुन्छ । त्यसो त कमिनिष्टैमा नि वली बा र उनका चम्चाका फेला पर्नु भो भने होटेल मालिक त के होटेल मालिककै बाजे आए नि छोडथेनन् तिनरले ।

त्यसैले बरु हाम्रो गृहमन्त्रीको गनिमत मान्नोस ह्वाले होटेललाई गरिखाउ भनेर छोडदिनु भो ! त्यसकारण गृहमन्त्रीको जयहोस् भन्ने बाहेक हाम्रा हाताँ केछ र ? त्यसैले सबैले एकसाथ भनम् जेनजी नेता गृहमन्त्री सुदन गुरुङ कि जय ! अमलेट काण्ड ऐतिहासिक र भाईरल बनोस ! रास्वपा पाटी जिन्दावाद !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.