राजनीति

युवापुस्ताले समाज र राष्ट्रभन्दा माथि कोही हुन नसक्ने बझ्नुपर्छः अध्यक्ष बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले आजका पुस्ताले समाज र राष्ट्रको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

नारायणमान बिजुक्छेँ

ख्वप माध्यमिक विद्यालयबाट नियमित परीक्षार्थीका रूपमा सहभागी भएका विद्यार्थीहरूको मार्गनिर्देशन कार्यक्रममा अध्यक्ष बिजुक्छेँले समाज र राष्ट्रभन्दा माथि कोही हुन नसक्ने युवापुस्ताले बझ्नुपर्ने बताउनुभयो ।

उहाँले समाजमा जात, भाषा, धर्म वा अन्य कुनै आधारमा विभेद नगरी योग्यतालाई नै प्राथमिकता दिनुपर्ने भन्दै व्यक्तिको पहिचान जन्म वा जातले नभई उसको योग्यता, क्षमता, इमान्दारिता र कर्मले निर्धारण गर्ने बताउनुभयो ।

अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “विद्यार्थीहरू जहाँसुकै पुगे पनि आफ्नो ज्ञान, सीप र योग्यताका आधारमा सफल हुन्छन्, जात, भाषा र धर्मका नाममा हुने विभेदले विश्वका शक्तिशाली राष्ट्रहरूसमेत समस्यामा परेको छ, समावेशी, समानतामूलक र मानवतामा आधारित समाज निर्माणमा नयाँपुस्ताको महत्त्वपूर्ण भूमिका रहन्छ ।”

अध्यक्ष बिजुक्छेँले व्यक्तिगत स्वार्थ र तत्कालको फाइदाभन्दा माथि उठेर सबैलाई समान सम्मान गर्ने संस्कार विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नयाँ पुस्ताप्रति विश्वास व्यक्त गर्दै अघिल्लो पुस्ताले गर्न नसकेका धेरै महत्त्वपूर्ण काम अब नयाँ पुस्ताले पूरा गर्ने अपेक्षा रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज सञ्चालन समितिका अध्यक्ष सुनिल प्रजापतिले नगरपालिकाले मेडिकल कलेज सञ्चालनका लागि प्रयास गरिरहेको बताउँदै जग्गा अभावका कारण हालसम्म सम्भव हुन नसकेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले कक्षा १२ पछि विदेश अध्ययनका लागि जाने विद्यार्थीले पनि आफ्नो देशप्रति सेवा गर्ने भावना कायम राख्नुपर्नेमा जोड दिनुभयो ।

ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले ख्वपमै आगामी उच्च शिक्षाका पर्याप्त अवसर रहेको उल्लेख गर्दै प्रतिस्पर्धी, सक्षम र अनुसन्धानमुखी विद्यार्थी उत्पादन गर्न कलेज प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.