योग्यहरूको सरकार, बिजनेसविहीन संसद !
हैन यौटा कुरा बुझिएन के !? पुराना दल त निकम्मा थे, नालाएक थे, असक्षम थे तर, यो सबै कुराँ लाएक र योग्य भाको सरकारले नि सदनलाई किन विजनेस दिन नसकेर दुई/दुई साता स्थगित भा होला सदन ?
रास्वपाँ चुनाब जित्या जति सबै लाएक छन् भनेर गुड्डी हाँक्ने रास्वपा कार्यकर्ता र नेताहरु अनि रास्वपाकै नजरमा काविल सोविता गौतम जस्तो लाएक कानुनमन्त्री, जो ऐलेसम्मकै योग्य कानुनमन्त्री रे उनको नेतृत्वमा नि आवस्यक विधेयकको ड्राफ्ट गर्न नसक्नु र सदन स्थगित हुनु रास्वपा पाटीको लज्जाजनक अबस्था हो त ?
कि त कर्मचारीहरुले काम नगरेर अटेर गर्या कारण यस्तो असफल भा हो त सरकार !? वर्ष दिनमा दुई सय कानुन बनाएर देखाउँछम् भन्या सरकारकी कानुन मन्त्रीले नकन्या कानुनको त कुरै छोडौँ बनेकै शिक्षा कानुन र निसेनि समेत सामान्य संशोधन गरेर भएनि ल्याउन सकिनन् भने अरुको के कुरा गर्नु ?
रास्वपा सत्तामा गएदेखि नै अत्यधिक चासो र आवश्यकता ठानिएका यी दुई कानुन पारित नगरेर देशलाई अस्तव्यस्त बनाउन लागेको देख्दा जनता पनि हुक्क भएर यी नयाँ दलभन्दा त पुरानै दल ठिक रैछन भन्ने भावना ब्यक्त गर्न थालेको सुनिँदैछ ।
अर्थमन्त्री सर्वसाधारणलाई भएभरको करको बोझ बढाउने अनि कानुन मन्त्रीले न सदनलाई व्यापार दिने न आवश्यक कानुन संशोधनका लागि सदनमा लग्ने, त्यै भएर नै होला सायद प्रधानमन्त्री यी दुबै मन्त्रीलाई फायर गर्ने अडानमा रहेका सम्चार दिनहुँ सामाजिक सन्जालमा छरपस्ट आइरहेका छन् ।
सरकारलाई आफ्नो गतिमा बढन अदालत र न्यायाधीश बाधक बनेझैँ पाटीका केही सांसद र मन्त्रीहरु नै बाधक र असक्षम देखिएपछि रास्वपा पाटीभित्र नि खैलाबैला मच्चिराछ। सरकार बनेको ३ मैनामै सरकार बदनाम भा कुरा त कसैका सामू छुप्या छैन क्यारे !
खाली आँफुले मात्रै गर्छम् पुराना दलहरुले केई गर्या छैनन् खाली भष्टाचार मात्रै गर्याछन् र उनरका काम सबै काम भष्टाचारमुखिी, राज्यको ढुकुटी रित्याउने नियतवस र परिवारवाद भित्र रहेर गरियो भन्ने आरोप लगाउँदै गर्दा, यौटा मन्त्रीलाई प्रथम श्रेणीका ५/५ जना सचिव नियुक्त गर्न पाउने र बाँकी ४ जना अन्य कर्मचारी गरि ९/९ जनाको सल्लाहकार टिम बनाउने अनि सबै मन माननीयहरुलाई १र१ जना पिए राख्न दिने भन्ने यो सरकारको निर्णयले राज्यको ढुकुटी सिध्याउने खेल कसले खेल्दैछ भन्ने कुरा जनताले बुझि सक्या छन् ।
कहिँ कतै छिसिक्क पात हल्लियो कि हरेक विषयमा आयोग गठन गरेर आयोगको लाम लाउने र कार्यकर्ता पाल्ने नयाँ स्किम ल्याउन यो सरकारले गरेका हरेक गतिविधि जनता र देशको भलाईको निम्ति नभएको कुरा अब जनतालाई बुझाई राख्नु नपर्ने भएको छ भने अरुको हैन आफ्नै सांसद र मन्त्रीका कारण यो सरकार निरन्तर जनतामाझ अप्रिय बन्दै गई रहेको छ ।
वर्षभरिलाई अन्न उब्जायर जनतालाई पाल्ने खेतिपातीका लागि समेत आवश्यक पर्ने मलको ब्यवस्थापन गर्न नसकेर किसानहरुको रुवाबासी पारिरहेको सरकार किसान माझ त झन् नराम्रोसित बदनाम भइरहेको छ ।
यही कारणले देशमा अन्न उत्पादन नभएर आउने समयमा अनिकाल पर्ने निश्चित छ भने दैनिक रुपमा बृध्दि भैरहेको बजार भाउ र शेयर मार्केटको दैनिक ओरालो लाग्दो नेप्से सूचकांकले बजारले उद्योग ब्यवसाय र शेयर लगानि घटदो अबस्थामा छ ।
दैनिक बढ्दो बेरोजगारका कारण युवाहरु विदेश पलायन बाहेक अरु उपाए देखि रहेका छैनन् भने यै सरकारका कारण नेपालीहरुलाई रोजगारी दिने मुलुकले रोजगारी दिनै बन्द वा रोजगारी पाउन पुर्याउनु पर्ने सर्त पुर्याउनै नसक्ने अवस्था सृजना भएको छ ।
जस्ले गर्दा वैदेशिक रोजगारमा जानेहरुको संख्या समेत घट्दो छ जसको जिम्मेवार रोजगार नभएर सरकार नै हो । सरकार बनाउँदा एक वर्षमै देश र जनताको कायापलट गर्छु भन्ने सरकार एकपछि अर्को असफलता हात पार्दै जनतालाई धम्क्याउँदै बसेको देख्दा सरकार उस्तै हो कि हामी उस्तै हुम्कि सरकारका निकायमा काम गर्ने उस्तै हुन कि केही बुझि नसक्नु छ ।
देश विकास र आफ्नो उन्नति प्रगतिभन्दा आन्दोलनमै रुचि राख्ने जनता कुन दिन फेरि सडकमा आउँछन र फेरि अर्को उधुम मच्चाउँछन अब त्यसकै इन्तजारमा बस्नु पर्नेत होला हाम्ले नि ।




प्रतिक्रिया राख्नुहोस्