जन सरोकार

दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ दमक नगरपालिका-४ स्थित भाइरल रोडको सङ्गम चोक नजिक आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ च ५४८२ नम्बरको कारले सोही दिशातर्फ अघि बढिरहेको साइकललाई ठक्कर दिएको थियो ।

कारको ठक्करपछि साइकल अनियन्त्रित भई सडकमा लडेपछि पछाडिबाट आइरहेको प्रदेश १-०१-०१५ प १४४ नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दमक नगरपालिका-३ निवासी ५३ वर्षीय रणबहादुर विष्ट गम्भीर घाइते भएपछि उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएकामा बिहीबार बिहान उपचारका क्रममा उहाँको मृत्यु जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मेचीनगर नगरपालिका-८ निवासी ४६ वर्षीय दुर्गाबहादुर बस्नेतको निधार, दुवै हात तथा खुट्टामा चोट लागेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.