बिचार

जनताले ‘नो’ भनेपछि सडकको शो !

पाईलैपिच्छे संविधान र कानुनका कुरा गरेर नथाक्ने प्रचण्ड रास्वपाले दुई तिहाइको सरकार बनाको चार मैना नि भाछैन फेरि सडक क्रान्तिका कुरा गरेर थाक्या छैनन् त हो ।

शक्तिहीन हुँदाकै नतिजा त होला प्रचण्ड खुलेआम दुईतिहाइको सरकार विरुद्ध राजधानीयाँ ७ लाख जनता उतार्ने अनि जिल्लाँ जिल्लाँ एकुनलाख जनतालाई सडकाँ ल्याएर आन्दोलन गरेछि यो सरकार कसरी ढल्दैन हेरम्न त ! भन्छन त हँ कमरेड प्रचण्ड त ।

यो देशाँ काँग्रेस एमाले र माओवादी बाहेक अरुले सत्ता चलाउनै नपाईने हो कि क्या हो ? आखिर रास्वपा हरले नि चुनाब लडेर दुई तिहाई मत ल्याएरै सरकार बना हुन क्यारे !

चुनाबाँ धाँधली गरे भनम् भने नि चुनाबमा पर्यवेक्षण गर्ने अन्तर्राष्टिरुपाँ चुनाब पर्यवेक्षण गर्ने संसादेखि लेर चुनाबा लडेकै दलले समेत कतै धाँधली भाको कुरा गरेन भने चुनाब लडने यिनै प्रचण्डले नि चुनाबाँ धाँधली भाको कुरा उठाएनन् त ऐले फेरि दुई तिहाईको सरकार विरुद्ध आन्दोलन गर्ने कुरा के नाकले उठा हुन के !?

कि त दुई चार मैना सत्ता बाईर बस्या अकुल्याईँ छुट्यो कि क्या सत्ताँ जाने । अब आन्दोलन र सत्ताको कुरा नगरम् प्रचण्डज्यू गरे नि ५ वर्षको अबधि पछि गर्ने होला त ! प्रजातन्त्रको कुरा गर्ने, चुनाबी प्रणालि मान्ने, अनि चुनाब जितेर गाको दललाई राज्य गर्नै नदिने यस्तो पनि कइँ हुन्छ ?

तपाईंले सोच्नु भा होला, हामी भन्या माओवादी हुम्, हाम्ले चाहे छि दिनदहाडै मनन्छे मार्न सक्छम्, लुट मच्चाउन सक्छम् त्यसैले गर्दा हाम्ले आन्दोलनको कुरा गरिम भने जनता खुरुक्क सडकाँ आउँछन् भन्नु भा होला ।

माफ गर्नु होला प्रचण्ड कमरेड ! आजको दिना बाग्मतियाँ धेरै पानी बगिसक्या छ न त हिजोका गिरिजाप्रसाद जस्ता नेता आज छन् र तपाईं शीत डराएर खुरुक्क सत्ताँ पुर्याउने र कुम जोडेर हिँडने ? आजका युवा भनौँ कि नेता भनम् तपाईहरु भन्दा दुई गुना अगाडि छन् ।

जब आन्दोलन गर्न पर्यो भने शाकाहारी आन्दोलन गर्नै जान्दैनन् सिधै मांसहारी आन्दोलन गर्छन् । देख्नु भएन भदौ २३/२४ मा कसरी आगजनी र लुटपाट गरे । आन्दोलन भन्ने बित्तिकै लुटपाट र काटमार नै हो भन्ने बुझेका जेनजीहरुले एकै दिनाँ कसरी देश खरानी बनाई दे ।

निजी मात्रै हो र सरकारी सम्पति नि पूरै खरानी बनाएर देशले गौरव गर्ने धरोहरहरु समेत कसरी नष्ट गरे यति छिटै विर्सिनु भो कि क्या प्रचण्ड कमरेड । त्यसैले फेरि सर्वसाधारण जनताको जिउ, ज्यान र सम्पतिको हानी नोक्सानि गर्ने कुरै नगर्नोस् ।

अबका ५ बर्ष मान्छे सडकाँ ल्याउने सरकारका काममा किचलो थाप्ने कामै गर्न नदिने जस्ता सोचबाट परै रहनुस् । बरु ३५ बर्षसम्म हाम्ले गर्न जानेन्छम् कसरी गर्ने होईछ त यिनरले गरेको हेर्नू पर्यो भनेर हेर्ने हैन र ? वली जस्तै बतुराउँदै हिँडेर हुन्छ र ?

हुनत तपाईं नि कमिनिष्टै हो वलीसित नमिलेर सुख त छैन । तर, कपोलकल्पित कुरा गरेर नथाक्ने वलीका हरेक कुराँ सही थाप्नुपर्छ भन्ने नि त छैन होला । कमसेकम तपाईंहरु जनताको विश्वास जित्न अँझै १५ बर्ष सत्ताकै लागि संघर्ष गरिरहनु पर्ने जस्तो देखिन्छ ।

जनताले रास्वपालाई भोट यिनरले राम्रो गरे वा गर्छन भनेर द्या हैनन् तपाईंहरुले ३५ बर्ष जुन ताडना दिनु भो र जनताका कुरा नसुनेर आफ्नो, परिवारको, दलालको, भष्टाचारीको, कर्मचारीको रझोलेहरुको कुरा सुनेर जनतालाई निचोर्नु भोनि हो त्यसकै विरुद्ध जनताले अर्कोलाई छान्न साहस गरेका हुन् ।

त्यसैले अबका १५ बर्ष जनताका घरघर पैसाको बिटो फलाए नि वा सुनकै हात्ती लगेर बाँधेनि तपाईंहरलाई जनताले पत्याउनेवाला छैनन । त्यसैले आन्दोलन र दंगाफसाद हैन कि शान्ति र समुन्नतितिर लागम् जनता एक दिन फेरि तपाईंहरकै हुन सक्छन । चेतना भया !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.