कर्णालीप्रदेश

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शाही नेकपा (एमाले)को समर्थनमा मङ्गलबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित समारोहमा मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

उक्त समारोहमा कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ, पूर्वमुख्यमन्त्रीत्रय यामलाल कँडेल, जीवनबहादुर शाही, राजकुमार शर्मा, उपसभामुख यशोदा न्यौपाने, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारी, प्रदेशसभाका सदस्यहरू, प्रमुख सचिव, प्रदेश सचिव तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.