अर्थसेयर बजार

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव २९ अङ्कले घटेर दुई हजार ६७२ दशमलव ५८ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३१ अङ्कले घटेर ४६७ दशमलव ६९ पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ९७ अङ्कले घटेर १८३ दशमलव ५९ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शूल्य दशमलव ७७ अङ्कले घटेर १५८ दशमलव ५० मा पुगेको छ ।

बिहिबार विभिन्न कम्पनीका ७५ लाख ४८ हजार ५९१ कित्ता सेयर रु तीन अर्ब ३८ करोड १३ लाख १८ हजार २४८ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये आज १३ वटै उपसमूह घटेका छन् । बिहीबार ५९ कम्पनीको सेयर बढ्यो भने २०६ कम्पनीको सेयर घट्यो । त्यसैगरी ११ कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार बिहीबार एभरेष्ट कलर लिमिटेड, सेन्ट्रल फाइनान्स कम्पनी, सुभम पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यस्तैगरी कालिञ्चोक हाइड्रोपावर कम्पनी, कर्पाेरेट डेभलपमेन्ट बैंक र सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.