अर्थ

आठ सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?

स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ भने चाँदीको भाउ घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु १० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३१० कायम भएको छ ।

हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार दुई सय र त्यति नै परिमाणको चाँदी रु चार हजार ३२० कायम भएको थियो । गत मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३१० निर्धारण भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७६ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.