राजनीति
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्याव नियुक्त
सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्याव (काठमाडौँ)लाई नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले राससलाई जानकारी दिनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उहाँलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको हो ।




प्रतिक्रिया राख्नुहोस्