अर्थ

२५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख पुरस्कार

आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत बम्पर उपहारको नतिजा सार्वजनिक गरिएको छ । शुक्रबार बिहान विभागले अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक गरिएको हो।

उपहार योजनाअन्तर्गत शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको उपहार जितेका छन् । विजेताको कुपन नम्बर ००७३१५२५४४९३ रहेको छ ।

यसैगरी अन्य १५ जनाले भने एक–एक लाख रुपैयाँको उपहार जितेका छन् । करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत पुरस्कारको पहिलो घोषणा आज गरिएको हो ।

अर्थमन्त्री डा वाग्ले आर्थिक वर्ष २०८३/८४ को बजेटमा करदातालाई प्रोत्साहन गर्न उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभएको थियो । करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अबदेखि हरेक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको) र महिनाको अन्तिम दिन (१६ गतेदेखि बाँकी दिनको) वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गरिनेछ ।

बैंक तथा वालेटको क्युआरमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता यो कार्यक्रममा स्वतःजोडिने छन् । तर, उपहार प्राप्त गर्न बिल भने अनिवार्य रूपमा उपभोक्ताको साथमा हुनुपर्ने विभागले जनाएको छ ।

नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने वस्तु तथा सेवाको खरिदपछि अनिवार्य रूपमा प्यान तथा भ्याट बिल मागेर आन्तरिक राजस्व विभागको वेबसाइटमा गएर प्रविष्ट गरी उपहारमा सहभागी भएको कुपन लिनुपर्ने व्यवस्था गरिएको छ ।

यी कुपन नम्बर भएका उपभोक्ताले पाए एक लाख पुरस्कार
००७७५५५८०६७०, ०१५६११०५८०७५, ०१२२५८०८६५८८, ०१४९७३९०७३३, ००६८४१५५३५३७, ००२९२८८१७८११, ००९८९१७८३३२४५,००४७८०८४०८८४, ०१०८३७१८०३३२,००५५८८५०६०८५, ००३००६७७८५८९, ००८७८२४८६३३५, ०१३०३५२३०२९७, ००१८०८९६५९८६ र ०११३८०९१४५८० ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.