जन सरोकार

घाइतेको उद्धारका लागि काठमाडौँ महानगरद्वारा ६ एम्बुलेन्स परिचालन

काठमाडौँ महानगरपालिकाले भोटेकोशी बाढीका कारण घाइते भएका बिरामीलाई तत्काल अस्पताल पुर्याउन ‘इमर्जेन्सी मेडिकल टेक्निसियन’सहित ६ वटा एम्बुलेन्स परिचालन गरेको छ ।

महानगरपालिकाले नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यमा उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । परिचालन गरिएकामध्ये चारवटा एम्बुलेन्स नुवाकोटको विदुर नगरपालिकामा परिचालन गरिएको महानगरले जनाएको छ ।

त्यसैगरी, बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी ल्याइने बिरामीको सहज उपचारका लागि दुईवटा एम्बुलेन्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको महानगरले जनाएको छ । विपद्को यस समयमा बिरामी वा घाइतेलाई अस्पताल पुर्याउन एम्बुलेन्स आवश्यक परेमा तत्काल १०२ मा फोन गर्न महानगरपालिकाले सबैमा अनुरोध गरेको छ ।

उक्त एम्बुलेन्समा दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गरिएकाले अस्पताल लैजाँदै गर्दा बाटोमा आवश्यक पर्ने आकस्मिक उपचार समेत उपलब्ध हुने महानगरले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.