जन सरोकार

जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले बागलुङको बडिगाड गाउँपालिका–५ दागस्थित थानापति सामुदायिक वनमा तीन थान भरुवा बन्दुक फेला पारेको छ ।

भरूवा बन्दुक

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार प्रहरी टोलीले शुक्रबार अपराह्न उक्त जङ्गलबाट एकनाले तीन थान भरुवा बन्दुक फेला पारेको हो ।

यसैगरी, बुर्तिबाङबाट लागुऔषध बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ रिभरहेडस्थित मीना होटल एण्ड रेष्टुरेन्टमा छापा मारेर होटल सञ्चालक म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङकी रामकुमारी थापालाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रहरीले एक हजार ५०० ग्राम गाँजा र ३८० ग्राम चरेस बरामद गरेको सूचना अधिकारी त्वातीले बताउनुभयो । जिल्ला अदालतबाट अभियुक्तलाई पाँच दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.