जन सरोकार

रुपन्देही प्रहरीद्वारा ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत भदौ महिनामा ८३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीले अदालती फैसला कार्यान्वयनलाई तीव्रता दिई फरार अवस्थमा रहेका प्रतिवादीलाई पक्राउ गरी कैद सजायँसहित उनीहरूबाट करिब रु एक करोड ३५ लाख जरिवाना असुलउपर गरेको, आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई पक्रेर कानुन कार्यान्वयनमा सक्रय रहेको र ठगी तथा अपराधजन्य घटना न्यूनीकरण तथा रोकथामका पक्षमा शून्य सहनशीलताको नीति अपनाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले अदालतको फैसला कार्यान्वयन गर्नेक्रममा गत भदौ महिनामा ८३ जना पक्राउ परेको, कैद सजायको व्यवस्थासहित निजहरूबाट रु एक करोड ३५ लाख ४० हजार ६०० असुलउपर गरेको र जारी अभियानलाई अझ प्राथमिकतासाथ निरन्तरता दिने पक्षमा प्रहरी प्रशासन रहेको स्पष्ट गर्नुभयो ।

यसैगरी, रुपन्देही प्रहरीले ठगी तथा सङ्गठित अपराधको कसुरमा फरार रहेकी सोही जिल्लाअन्तर्गत मर्चवारीमाई–३, रायपुरकी २४ वर्षीया उर्मिला बरईलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेस गरेको छ ।

पक्राउ परेकी बराईले समूह बनाई सर्वसाधारणबाट रु एक करोड ५० लाख २२ हजार ५२० ठगी गरेको आरोपमा निजलाई पक्राउ गरिएको र सो घटनामा संलग्न अन्यको खोजीसहित आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.