जन सरोकार

भोटेकोशी बाढी : पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि

रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाको पातारासी गाउँपालिका–४ स्थित लाम्री गाउँका १५ जनाको कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गरिएको छ ।

पातारासी नदीको किनारमा आज उनीहरूको सामूहिक दाहसंस्कार गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो । पातारासीका मात्रै ४९ जना सम्पर्कविहीन भएका छन् ।

रसुवास्थित हाँकुबेँसी हाइड्रोपावरमा काम गर्दै आएका पातारासीका स्थानीय गत भदौ १० को बाढीमा परी बेपत्ता भएको गाउँपालिका अध्यक्ष बोहोराको भनाइ छ ।

बाढी आएको लामो दिन भइसक्दा पनि आफन्तको कुनै खबर परिवारले नपाएपछि अन्ततः शवको प्रतिकका रूपमा कुशको आकृति बनाएर अन्तिम संस्कार गरिएको पातारासी स्थानीय रमन बुढाले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार भोटेकोशी नदीमा परी जुम्लाका ९३ जना सम्पर्कविहीन भएकामा हालसम्म ३९ जना मात्र सम्पर्कमा आएका छन् । बाँकी ६३ जना अझै सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.