प्राडा शर्माको निधनप्रति सभापति थापाद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्राडा सुरेशराज शर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति थापाले बुधबार साँझ सामाजिक सञ्जालमार्फत वरिष्ठ शिक्षाविद् प्राडा शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।
सभापति थापाले नेपालको प्राविधिक तथा उच्च शिक्षाको विकासमा शर्माले पुर्याउनु भएको योगदानको स्मरण गर्दै उहाँको निधनले शिक्षा क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताउनुभयो ।
काठमाडौँ विश्वविद्यालयको स्थापनादेखि त्यसलाई एक सशक्त शैक्षिक संस्थाका रूपमा स्थापित गर्न शर्माले देखाउनुभएको दूरदृष्टि र नेतृत्व सदैव स्मरणीय रहने सभापति थापाले बताउनुभयो ।
सभापति थापाले स्वर्गीय शर्माले देखाउनुभएको बाटो तथा दिनुभएको शिक्षाले भावी पुस्तालाई पनि निरन्तर दिशानिर्देश गरिरहने उल्लेख गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्नुभएको छ । उहाँले शोकसन्तप्त परिवारजन, आफन्त, विद्यार्थी तथा शुभेच्छुकप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।




प्रतिक्रिया राख्नुहोस्