क्रिकेटखेल

अफगानिस्तानलाई हराएसंगै टी–२० वरियतामा नेपालको सधार

जापानमा जारी २० औं एसियाली खेलकूद अन्तर्गत क्रिकेटमा सहभागि रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० वरियतामा सुधार गरेको छ ।

शुक्रबार २०औँ एसियाली खेलकुदअन्तर्गत टेष्ट टोली अफगानिस्तानविरुद्ध पाँच विकेटको जित निकाल्दै आइसिसीले ताजा वरियता सार्वजनिक गर्दा नेपालले दुई स्थान सुधार गरेको हो ।

नेपाल अब टी–२० अन्तरराष्ट्रिय वरियताको चौधौ स्थानमा उक्लिएको छ । यसअघि नेपाल वरियताको सोह्रौँ स्थानमा थियो । नेपालविरुद्धको हारले अफगानिस्तान नवौँबाट दशौँ स्थानमा झरेको हो ।

शुक्रबारको खेलमा नेपालले अफगानिस्तानविरुद्ध ब्याटिङ र बलिङ दुवै विधामा उत्कृष्ट प्रदर्शन गर्‍यो । यो जितपछि नेपालको क्वार्टरफाइनल सम्भावना बलियो बनेको छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा शनिबार आयोजक जापानविरुद्ध खेल्ने तालिका छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.