जन सरोकार

पाँचौँ पटक जिब्रो छेडेर वीरेन्द्रभक्तले ३५० वर्ष पुरानो जात्रालाई जीवन्त राखे

इन्द्रजात्राका अवसरमा भक्तपुर मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले शनिबार राति ८ः३० बजे जिब्रो छेडेर मध्यपुरथिमिको टोलटोल र मन्दिरमन्दिर घुमेर जात्रा मनाइएको छ ।

भाद्र शुक्ल पूर्णिमाको साँझ मध्यपुरथिमि नगरपालिका–४ र ५ को सङ्गमस्थलमा रहेको दिगुटोल दिगभैरव अगाडिको डबलीमा कर्मी नाइके बाबुकाजी श्रेष्ठले तीनवटा चुच्चो भएको १० इन्च लामो फलामको सियोले जिब्रो छेडेर महाद्धीप (भेय्) बोकेर खाली खुट्टा मध्यपुरथिमिको टोलटोल घुम्नुभएको हो ।

नेपाल संवत् तिथिबमोजिम ञंलाथ्व पुन्हि अर्थात् इन्द्रजात्राको भोलिपल्ट हजारौँको सङ्ख्यामा उपस्थित भीडबीचमा कर्मी नाइकेले करिब १० इन्च लामो सुइरोले श्रेष्ठको जिब्रो छेडिदिएर थिमि परिक्रमा गरेको हो ।

जिब्रो छेडेर ३५० वर्ष पुरानो जात्रालाई जीवन्त राख्नुभएका वीरेन्द्रभक्तले यसअघि पहिलोपटक २०७४, त्यसपछि २०७९, २०८१ र २०८२ सालमा पनि जिब्रो छेडाएको बताउँदै यस वर्ष पाँचौँपटक जिब्रो छेडाएर भेय् बोकेर खाली खुट्टा हिँडेरै मध्यपुरथिमिका टोलटोल परिक्रमा गर्नुभएको हो ।

विसं २०८२ मा खाली खुट्टा नै पशुपतिनाथको मन्दिरसम्म पुगेर फर्किँदा २८ किलोमिटर लामो सडक हिँडेको बताउँदै वीरेन्द्रभक्तले गत वर्ष पनि भक्तपुरको नवदुर्गा मन्दिरसम्म पुगेर फर्कँदा करिब १३ किलोमिटर यात्रा पार गर्नुभएको थियो ।

शनिबार जिब्रो छेडेर उहाँले दिगुटोल डबलीबाट सुरु हुने महाद्धीप बोकेर यात्रा बालकुमारी, दक्षिणबाराही, चारदोबाटो, सिद्धिकाली मन्दिर, नासननी, चपाचो, गार्चा, नगदेश, सिद्धिगणेश मन्दिर, भीमसेन चोक, नगरपालिका चोक, पाटीबिहार, पोबु, भुलांखेल, चोडे, दुईपोखरी, शिवाटोल, दथुटोल, बालकुमारी, तछुटोल, विष्णुवीर हुँदै बालकुमारी मन्दिर परिसरमा पुगेर जात्रा समापन हुनेछ ।

बीचबीचमा चल्दै रोकिँदै आएको यो जात्रा २०६३ सालदेखि निरन्तर रोकिँदै ११ वर्षको अन्तरालपछि २०७४ सालमा वीरेन्द्रभक्तकै अगुवाइमा पुनः सुरु भएको थियो । त्यसयता उहाँले २०७९, २०८१ र २०८२ सालमा पनि जिब्रो छेडाउनुभएको थियो ।

विसं २०७५ मा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडाएको र कोरोना महामारीले रोकिएकामा २०७९ सालमा पुनः वीरेन्द्रभक्तले र मध्यपुरथिमिका कृष्ण नानिचा श्रेष्ठले २०५२, २०५७ र २०६३ सालमा जिब्रो छेडाउनुभएको थियो ।

आर्थिक अभावका कारण चल्दै र रोकिँदै आएको यो जात्रा सञ्चालनमा करिब रु छ लाखभन्दा बढीको खर्च हुने र बागमती प्रदेश सरकार, नगरपालिकाले सहयोग गरेको भन्दा बढी रकम जिब्रो छेड्ने व्यक्ति र स्थानीयले खर्च गर्दै आएका छन् । जिब्रो छेडेपछि जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार घुम्ने प्रचलन छ ।

उहाँले २०८२ सालमा जिब्रो छेडेर सयौँ स्थानीयका साथमा करिब ३० किलोको महाद्धीप बोकेर खाली खुट्टा नै पशुपतिनाथका मन्दिरसम्म पुगेर फर्किँदा २८ किलोमिटर लामो सडक खाली खुट्टा हिँडेरै यात्रा गर्नुभएको थियो ।

उहाँले २०८२ सालमा भने जिब्रो छोडेर दिगुटोलबाट सुरु भएको जात्रा बालकुमारी मन्दिर, तछुटोल, विष्णुवीर मन्दिर, यमाटोल, मरुटोल, शङ्खधर चोकथिमि, सूर्यविनाक नगरपालिका–४ मा पर्ने दक्षिण बाराही मन्दिर (क्वाछे) हुँदै पुनः शङ्खधर चोक हुँदै मुख्य सडकबाट राधेराधे, सल्लाघारी, भक्तपुर नगरपालिका क्षेत्र प्रवेश गर्दै चोङ्गा गणेश, सिद्ध पोखरी, नः पुखु, दरबार स्क्वायर, पाँचतले मन्दिर, सुकुलढोका, दत्तात्रय मन्दिर, क्वाठण्डौँ, नवदुर्गा मन्दिर (द्यो छें), साक्वःलान रुट हुँदै पुनः पाँचतले मन्दिर, वंशगोपाल, सिद्धपोखरी, सल्लाघारी चोङ्गा गणेश मध्यपुरथिमिको निकोसेरा, नगरपालिका चोक, पाटी बिहार, गुङ चिवा, भीमसेन चोक, गणेश स्कुल, नगदेश, सिद्दी गणेश मन्दिर, गार्चा चोक, सिद्धिकाली चोक, सिद्धिकाली मन्दिर, भुलाँखेल, चोडे, दुईपोखरी हुँदै बालकुमारी मन्दिरसम्मको १३ किलोमिटरको यात्रा पूरा गरी जिब्रोबाट सियो निकालेर जात्रा विसर्जन गरिएको थियो ।

किंवदन्तीअनुसार प्राचीनकालमा थिमिमा भूतप्रेत र पिसाचहरूले आतङ्क मच्चाएर जथाभावी मानिस मार्ने गरेपछि यसलाई नियन्त्रण गर्न एक जनाको जिब्रो छेडी नगर परिक्रमा गराइएको र त्यसपछि भूत, प्रेत, पिसाच भागेर शान्ति स्थापना भएको भनाइ छ ।

भाद्र शुक्ल पूर्णिमाको साँझ, तेलमा डुबाइएको करिब एक फिट लामो फलामको सियो दिगु भैरव मन्दिरको डबलीमा पूजा गरेर जिब्रो छेडेर पुशपतिसम्मको यात्रा गर्दै अन्तिमा पुनः बालकुमारी मन्दिर पुगेर सियो निकाल्ने परम्परा रहेको छ । जात्रा मनाएपछि नगरमा रोग, अनिकाल, प्राकृतिक विपत्तिबाट जोगिने विश्वास रहँदै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.