बिशेषराजनीति

पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

प्रहरीले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरेको छ । उहाँलाई आइतबार बिहान महाराजगञ्जस्थित निवासबाटै उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा उहाँलाई नियन्त्रणमा लिइएको बताइएपनि जबरा विरुद्ध परेको उजुरीको विस्तृत विवरण भने खुलाइएको छैन ।

२०७५ पुस १८ देखि प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नुभएका जबरा २०७८ फागुन १ मा संसद्मा महाअभियोग दर्ता भएपछि निलम्बनमा पर्नुभएको थियो ।

यद्यपि उहाँविरुद्धको महाअभियोग भने पारित भएको थिएन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.