जन सरोकार

विदेश पठाइदिने भन्दै ३४ लाख ८९ हजार ठगी, चार जना पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ३४ लाख ८९ हजार ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

तीन जना पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बेलायत, रोमानिया, अष्ट्रेलिया, क्यानडा र पोल्याण्ड पठाइदिने भन्दै रकम उठाउनेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका वीरेन्द्र तामाङ, मकवानपुरका कमलप्रसाद गौतम, अछामका गणेशबहादुर बुढा र रामेछापका बद्रिकुमार तामाङ छन् ।

प्रहरीका अनुसार तामाङले बेलायत पठाइदिने भन्दै रु नौ लाख, गौतमले रोमानिया पठाइदिने भन्दै रु एक लाख, बुढाले अष्ट्रेलिया र क्यानडा पठाइदिने भन्दै रु तीन लाख तथा बद्रिकुमारले पोल्याण्ड पठाइदिने भन्दै रु २१ लाख ८९ हजार ठगी गरेको उजुरी प्राप्त भएको छ ।

प्रहरीले चारै जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बुधबार वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.