सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्यो : प्रमुख सचेतक राई
श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले संसद्मा उठाइएका राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गरेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सो पार्टीका प्रमुख सचेतक राईले आफूहरूले संसद्मा उठाएका राष्ट्रिय मुद्दालाई सरकारले पर्याप्तमात्रामा सम्बोधन गर्न नसकेको भनी दुःख व्यक्त गर्नुभयो ।
उहाँले वैदेशिक रोजगारीका नाममा ‘फ्रि भिसा, फ्रि टिकट’ भनिएतापनि लाखौँ रुपैयाँ तिरेर विदेश जानुपर्ने विषय किन कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सचेतक राईले मुलुकका विभिन्न जिल्लामा बाँदर आतङ्कका विषयमा सरकारको ध्यानाकर्षण गराए पनि बाँदर नियन्त्रण र व्यवस्थापनका विषयमा प्रभावकारी ढङ्गले योजना बनाएर कार्यान्वयन नभएको भनी गुनासो गर्नुभयो ।
नदी तथा खोला आसपासको अव्यवस्थित बसोबास र सुकुमवासी समस्या समाधान गर्नेतर्फ सरकारको ध्यान नपुगेको उहाँले बताउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्