विश्व समाचार

इरानमा तस्करी गरी ल्याइएका हतियार बरामद, दुई जना पक्राउ

इरानको गुप्तचर मन्त्रालयले इराकको अर्धस्वायत्त कुर्दिस्तान क्षेत्रबाट अवैध रूपमा हतियार भित्र्याउने समूहका दुई सदस्यलाई पक्राउ गरेको जनाएको छ। मंगलबार मन्त्रालयले दिएको जानकारीअनुसार, पक्राउ परेकाहरूबाट ठूलो परिमाणमा अवैध हतियार तथा गोलीगट्ठा बरामद गरिएको छ।

मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमा जारी गरेको विज्ञप्तिअनुसार, इरानको पश्चिमी प्रान्त केरमानशाहमा सीमा सुरक्षाकर्मीसँगको सहकार्यमा उक्त कारबाही गरिएको हो। पक्राउ परेका व्यक्तिहरू इरान प्रवेश गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको मन्त्रालयले जनाएको छ।

बरामद गरिएका हतियारमा ९९ थान पेस्तोल, १० थान कालास्निकोभ राइफल, पेस्तोलमा प्रयोग हुने एक हजार ७०० राउन्ड गोली र १९८ थान पेस्तोलका म्यागजिन रहेका छन्।

इरानी गुप्तचर मन्त्रालयका अनुसार, उक्त हतियार आतंकवादी गतिविधिमा प्रयोग गर्ने उद्देश्यले इरान भित्र्याउन लागिएको थियो।

पक्राउ परेकामध्ये एक जना इरानी नागरिक र अर्का छिमेकी देशका नागरिक रहेको मन्त्रालयले जनाएको छ। उनीहरू इरान प्रवेश गर्नुअघि नै आफ्ना सुरक्षा निकायको निगरानीमा रहेको र पहिचान खुलिसकेको पनि मन्त्रालयको भनाइ छ।

इरानी अधिकारीहरूले सीमा क्षेत्रमा अवैध हतियारको ओसारपसार रोक्न निगरानी तथा सुरक्षा कारबाहीलाई तीव्र बनाएको जनाएका छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.