क्रिकेटखेल

एनपिएल- ३ मा उच्च स्कोर : विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)मा कम स्कोरका कारण खेल रोमाञ्चक बन्न नसकेको गुनासो दर्शकहरुबाट सामाजिक सञ्जालमा आइरहेका बेला आज अहिलेसम्मको उच्च स्कोर बनेको छ ।

बिहिबार साझ विराटनगर किङ्ग्स र कर्णाली याक्सबीचको खेलमा विराटनगरले कर्णालीलाई जितका लागि एक सय ८७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको कर्णालीविरुद्ध विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ८६ रनको योगफल बनाएको हो ।

विराटनगरले उच्च स्कोर बनाउने क्रममा लोकेश वमले ८७ रनको सानदार पारी खेले । उनले ५२ बल खेल्दै ३ चौका र ९ छक्का प्रहार गरे । उनको आक्रामक ब्याटिङले विराटनगरलाई बलियो योगफलसम्म पुर्याउन सम्भव भएको हो ।

यसैगरी आन्द्रे रसेलले १५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै २७ रन जोडे भने एन्जेलो म्याथ्युजले २३ बलमा चार ४ चौकाको मद्दतमा ३१ रन बनाए । बसिर अहमदले ७ बल खेल्दै १३ रन तथा शेहान जयसूर्याले ११ रनको योगदान दिए ।

बलिङतर्फ कर्णाली याक्सका कप्तान सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । मार्क वाट र नन्दन यादवले एक एक विकेट लिए । अहिले कर्णाली याक्सले जवाफी ब्याटिङ गरिरहेको छ । उसले तीन ओभरमा एक विकेट गुमाएर ३३ रन बनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.