जन सरोकार

वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको परिवारका सबैलाई कोरोना संक्रमण

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको परिवारका सबै सदस्लाई कोरोना संक्रमण भएको छ । श्रेष्ठसहित उहाँको परिवारका पाँच जनालाई कोरोना संक्रमण देखिएको हो । आफूलगायत छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभएको छ ।

आफ्नो परिवारका सबै सदस्यलाई कोरोना संक्रमण भएपछि कलाकार श्रेष्ठले फेसबुक पेजमा सबैलाई शतर्क रहन आव्हान गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ- “म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जना लाई कोरोना पोजेटिभ देखिएको छ । भइसके पछि सास्ती चाहिं हुने रहेछ त्यसैले यो भाइरसलाई खेलाँची नगर्नु होला । जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला !”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.