संयुक्त राष्ट्रसंघका महासचिवद्वारा घृणायुक्त भाषण रोक्न आह्वान
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार घृणायुक्त भाषण, अतिवाद र गलत सूचनालाई रोक्नको लागि “गार्डरेल” स्थापना गर्न आग्रह गर्नुभएको छ।
“अनलाइन संसार मुख्य कारणहरू मध्ये एक हो जसमा घृणायुक्त भाषण, चरम विचारधाराहरू र गलत सूचनाहरू विश्वभर द्रुत रूपमा फैलिएको छ,” संयुक्त राष्ट्रसंघका प्रमुखले भन्नु भएको छ । उहाँले यस किसिमको गलत सूचना र विचारको फैलावटलाई रोक्न सबैसँग आह्वान गर्नु भएको छ ।
न्युयोर्कमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा नरसंहारको सम्झनामा आयोजित कार्यक्रममा संयुक्त राष्ट्रसंघका प्रमुखले सो धारणा राख्नु भएको हो । संयुक्त राष्ट्रसंघ प्रमुखले बताउँनुभयो- मानिसहरू यस्तो संसारमा बाँचिरहेका छन् । जहाँ आर्थिक सङ्कटले असन्तुष्टि पैदा गरिरहेको छ । जनवादी डेमोगोगहरूले सङ्कटलाई भोट जित्न प्रयोग गरिरहेका छन् । गलत सूचना षड्यन्त्र- सिद्धान्तहरू स घृणायुक्त भाषणहरू त्यसका निम्ति व्याप्त बनेको छ- महासविवको टिप्पणी छ ।
महासचिवले सामाजिक मिडिया प्लेटफर्महरू र तिनीहरूका विज्ञापनदाताहरू अतिवादलाई मूलधारमा लैजानमा संलग्न रहेको र इन्टरनेटका धेरै भागहरूलाई “घृणा र झुट विवरणका लागि विषाक्त फोहोर डम्प” मा परिणत गरिएको उहाँको तर्क छ ।
प्रतिक्रिया राख्नुहोस्