राजनीति

नागरिकता लिन लामिछाने जिल्ला प्रशासनको लाममा

तीन दिन अनागरिक बन्न पुग्नुभएका पूर्व उपप्रधानन तथा गृहमन्त्री रवि लामिछाने सर्वोच्च अदालतकको फैसला बमोजिम नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुग्नुभएको छ ।

अमेरिकी नागरिकता त्यागे पनि सम्बन्धित निकायमा जानकारी नगराई पुरानो नेपाली नागरिकताको प्रमाणपत्र प्रयोग गर्न अवैध हुने भन्दै सर्वोच्चले फैसला गरेपछि उहाँ बबरमहलस्थित कार्यालयमा नागरिकता प्राप्तिका लागि यतिबेला लाममा बस्नुभएको छ ।

नेपाल आएर अमेरिकी नागरिकता त्याग गरेको निस्सा जिल्ला प्रशासन कार्यालयमा नबुझाउँदा उहाँको प्रतिनिधि सभा सदस्यसमेत खारेज भएको छ ।

नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट लामिछानेले पुनः नागरिकता लिन सक्ने भन्दै फैसला भएपछि उहाँले पुनः नागरिकता दिन लाग्नुभएको हो ।

नागरिकताकै विषयमा उहाँले गृहमन्त्री र उपप्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट उहाँको राजीनामा स्वीकृत भइसकेको छ ।

रविले आइतबार नै नागरिकता लिएर निर्वाचन आयोग पुगी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको हैसियत कायमका लागि निवेदन दिने उहाँका वकिलले बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.