क्रिकेटखेल

टी-२० वार्म अप खेल : आरिफ र दीपेन्द्रको अर्धशतकीय पारीमा नेपालद्वारा यूएई पराजित

आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारीमा नेपालले आइसिसी ट्वान्टी-२० विश्वकप २०२६ अन्तर्गत वार्म अप खेलमा संयुक्त अरब इमिरेट्स(यूएई)लाई ७ विकेटले पराजित गरेको छ ।

मंगलबार चेन्नाईस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । यूएईको लागि सोहेब खानले अविजित ३८ रन बनाए भने हर्षित कौसिकले ३५ रन जोडे ।

यी दुईले छैटौं विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । त्यस्तै ओपनर अर्यान्स शर्माले २५ रन जोड्दा मुहम्मद जोहेबले १९ र अलिशन शराफुले १२ रन बनाए । नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान दुई-दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरको भागमा एक विकेट रह्यो ।

यूएईले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले १७ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि दीपेन्द्र र आरिफले अर्धशतक प्रहार गरे । आरिफले ३७ बलमा आठ चौका र दुई छक्काको मद्दतमा अविजित ६१ रन बनाए भने दीपेन्द्र ३१ बलमा ४ चौका र एक छक्काको सहयोगमा ५० रनमा नटआउट रहे ।

यी चौथो विकेटका लागि १ सय ३ रनको शतकीय साझेदारी गरेका थिए । यस्तै कप्तान रोहित पौडेल १६ रन जोड्दा ओपनरद्धय कुशल भुर्तेल र आसिफ सेखले समान ८-८ रन बनाए । युएईका लागि मुहम्मद रोहिनले एक विकेट लिए भने रोहित र आसिफ रनआउटको शिकार बनेका थिए । नेपालले अब अर्को वार्म अप खेलमा बिहीबार क्यानडासँग खेल्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.