खेलफूटबल

रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा

रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा स्पेनिस क्लब रियल मड्रिड ले इजिप्टको अल अहली स्पोर्टिङ क्लबलाई ४-१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

खेलको ४२ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४६ औं मिनेटमा फेडेरिको भाल्भर्देले गोल गर्दै रियल मड्रिडको अग्रता दोब्बर बनाए । तर खेलको ६५ औं मिनेटमा अल अहली स्पोर्टिङ क्लब अलि मालोउलले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा रोड्रिगोले र इन्जुरी समयको आठौं मिनेटमा सेर्जियो अरिबासले गोल गर्दै रियल मड्रिडलाई ४-१ को शानदार जित दिलाए । रियल मड्रिडले अब उपाधिका लागि साउदीको अल हिलालसँग खेल्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.