जन सरोकार

“मामाघर, ससुराली जान पनि पैसा तिर्नुपर्ने बाध्यता”

काठमाडौं जिल्लाको उत्तरी भेगमा पर्ने गोकर्णेश्वर नगरपालिका अन्तर्गत सुन्दरीजल लगायत क्षेत्रका बासिन्दा शिवपुरी आरक्षणका कारण आवत जावतका लागि पनि शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा काठमाडौं क्षेत्र नं. ३ का सांसद सन्तोष चालिसेले बैठकको शुन्य समयमा सो कुराको जानकारी दिंदै शुल्क लिने कार्य बन्द गराउन ध्यानाकर्षण गराउनुभएको हो ।

बैठकमा बोल्दै चालिसेले शिवपुरी आरक्षणको सुरक्षार्थ राखिएको चेकपोष्ट हुँदै आवतजावत गर्नेहरुलाई शुल्क लिने गरिएको र यसबाट सो क्षेत्रको पर्यापर्यटनदेखि सामान्य जनजीवन प्रभावित भएको बताउनुभयो ।

चालिसेले आरक्षणको सुरक्षाका लागि चेकपोष्ट राख्नुपर्छ तर स्थानीलाई ओहोरदोहोर गर्दा शुल्क लिने काम बन्द गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

“आरक्षणको सुरक्षा चेकपोष्टका कारण सुन्दरीमाईको दर्शन गर्न जाने, वाग्मती नदीको उद्गमथलो वाग्द्वार जाने तथा अन्य पर्यटकहरुका साथै स्थानीयहरु मामाघर, ससुाल जाँदा पनि शुल्क तिनुपर्ने अवस्था छ । यसलाई तत्काल रोकेर जनजीवन सहज बनाइयोस्”, चालिसेले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.