खेलफूटबल

पूर्व कप्तान हरि खड्का दोषी ठहर

नेपाली राष्ट्रिय फूटबल टोलीका पूर्व कप्तान तथा नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता हरि खड्काले नेपाल प्रहरीमा बढुवाका लागि पेश गरेको प्रमाणपत्र नक्कली रहेको ठहर भएको छ ।

खड्काको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष आलतमा मुद्दा दायर गरेको थियो । बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उनले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो ।

अदालतले खड्कालाई ५ हजार जरिवाना तोकिएको प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिनुभयो । अख्तियारले भने भ्रष्टाचार निवारण ऐनको दफा १६ को १ अनुसार ६ महिनादेखि १ वर्षसम्म कैद र दशदेखि २० हजारसम्म जरिवाना सजाय माग गरेको थियो ।

२०५५ साल कात्तिक १ गते प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिंदा खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाणपत्र तह (आईए) को प्रमाणपत्र पेश गरेपछि १४ पुस २०५९ मा प्रहरी नायब निरीक्षकमा बढुवा हुनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.