जन सरोकार

प्रहरी चेकिङ भैरहेकै स्थानमा महिलालाई बसले ठक्कर दिंदा मृत्यु

सोमबार, दिउँसो साँढे एक बजे जावलाखेल चोकमा ट्राफिक चेकजाँच चलिरहेको थियो । एक महिला स्कूटर चालक चेकजाँच छल्न भाग्न थालिन, त्यति नै बेला उनलाई भैंसेपाटी जाँदै गरेको बसले ठक्कर दियो ।

बा २ ख ३५७४ नम्बरको बसले प्र ३ ०२०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि घाइते स्कुटर चालक अन्दाजी ३३, ३४ वर्षीया महिलाको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भयो ।

महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले दिएको जानकारी अनुसार दुर्घटना हुनेबेलामा जावलाखेलमा ट्राफिक प्रहरीले चेकिङ गरिरहेको थियो ।चेकिङको क्रममा स्कुटर भाग्न खोज्दा पछाडिबाट बसले ठक्कर दिएको थियो ।

महर्जनका अनुसार ती स्कूटर चालक लाइसेन्स नभएको हुँदा भाग्न खोज्दा पछाडिबाट गाडीले ठक्कर दिएको बताउँदै उनको पर्सलगायत केही पनि सामान नभेटिएको बताउनुभयो ।

यसरी चेकिङकै समयमा दुर्घटना भएपछि परिसरमा विरोध भएको थियो । ट्राफिकको पनि यसमा गल्ती भएको भन्दै केही मानिसहरूले विरोध गरेका थिए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.