राजनीति

एमसीसी पास गर्न एमालेसंग हात मिलाउन प्रधानमन्त्री देउवा बाध्य, साँझ ओलीसंग छलफल हुने

सत्ता गठबन्धनबाटै एमसीसीको बिरोध गरी सडक तताएपछि जसरी पनि संसदबाट पारित गर्ने अडानमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा अब गठबन्धन छाडेर एमालेसंग हात मिलाउन बाध्य हुनुभएको छ ।

दिउँसो एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेतासंग प्रधानमन्त्री देउवासहित कांग्रेसका नेताहरुबीच भएको छलफलमा प्रधानमन्त्री देउवा एमसीसी पारित गर्न एमालेको सहयोग माग्दै त्यसका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताउनुभएको छ ।

प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग संसद भवन नयाँ बानेश्वरमा भएको छलफलमा उहाँले एमसीसी पारित गर्न संसदमा आएर मत जाहेर गर्न सजिलो बनाउनका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताउनुभएको हो ।

छलफलमा प्रधानमन्त्री देउवाले ओलीसंग ‘तपाईंले गरेको निर्णयलाई निर्णयार्थ पेश गरेको छु, यसमा मद्दत माग्ने कुरा स्वाभाविक हो , तपाईको मद्दतका लागि संसदमा आएर मत जाहेर गर्नका लागि सजिलो बनाउन हामीले गर्न सक्ने सबै प्रबन्धमा छलफल गरौं, एकै ठाउँमा उभिएर यो विषय अगाडि बढाऔं’ भन्नुभएको थियो ।

यसै विषयमा साँझ दुई नेताबीच पुनः छलफल हुने कार्यक्रम रहेको छ । एमालेले आफूले कारबाही गरेका १४ सांसद निष्काशन भएको सूचना टाँस नगर्ने सभामुख हटाउनुपर्ने माग गर्दै निरन्तर संसदमा अबरोध गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button