जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

झापा र सर्लाहीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । झापा, कनकाई नगरपालिका-८ खाडिबस्तीस्थित सडकमा मे.१ त ११५१ नम्बरको ट्याङ्करले प्रदेश १-०१-०१३ प २५१३ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय सागर मिश्रको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रमममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सर्लाही, कौडेना गाउँपालिका-३ स्थित सडकमा एसआर ५९ ए ०१३१ नम्बरको स्कारपियो र बिआर ०६ सिवाई ५०८६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रौतहट माधवनारायण नगरपालिका-६ बस्ने २३ वर्षीय सियानन्दन महतो र १९ वर्षीय अजय महतोको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको वीरगंज हेल्थ केयर अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार स्कारपियो चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.