खेलजापानफूटबल

एनआरएनए जापानद्वारा आभार व्यक्त

गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानले ‘दोस्रो एनआरएनए फुटसल रनिङ कप २०२४’ फुटसल प्रतियोगिता सभ्य, भव्य र निर्धारित खेलको नियमानुसार मर्यादित रुपमा सम्पन्न भएकोमा सबैलाई आभार व्यक्त गरेको छ ।

जापान भरका विभिन्न क्षेत्र र फुटसल खेलप्रति चासो राख्ने ३० टिमको सहभागिता रहेको प्रतियोगिता २०२४ मार्च ३ तारिखका दिन चिवाको जेड फुटसल स्पोर्टस् ८५ माएगासकी नागारेयामा सम्पन्न भएको थियो ।

प्रतियोगितामा मर्करी एफसी बि विनर, राइजिङ नेपाल बि फष्ट रनरअप, अल स्टार एफसी सेकेन्ड रनर अप भएका थिए । विजेता टिमलाई ५ लाख ५ हजार ५ सय ५५ जापानी येन र रनिङ कप प्रमाण पत्र र ट्रफी, फस्ट रनर अप टिमलाई ३ लाख ३ हजार ३ सय ३३ जापानी येन, प्रमाण पत्र र ट्रफी, सेकेन्ड रनर अप टिमलाई १ लाख ११ हजार १ सय ११ जापानी येन, प्रमाण पत्र र ट्रफीसहितको पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगिताकै दौरानमा आपसी सत्भाव र भाइचाराको सम्बन्धलाई अझ विकसित बनाउनका लागि एनआरएनए जापान र जापानी फुटवल खेलाडीका बिचमा मैत्रीपूर्ण खेल समेत खेलिएको थियो ।

प्रतियोगितामा मर्करी एफसी बिका खेलाडी राजु तामाङ वेष्ट गोल किपर, मर्करी एफसी बिका खेलाडी रोहित नेपालीलाई वेष्ट प्लेयर, राइजिङ नेपाल युथ क्लब बि का खेलाडी सागर क्षेत्रीलाई हाई स्कोर र मर्करी एफसी बिका खेलाडीका सुरज तामाङलाई वेष्ट कोचको रुपमा जनही १० हजार जापानी येन र ट्रफी प्रदान गरिएको थियो ।

युवाका लागि खेलकूद भन्ने मान्यताका जापानमा रहेका नेपाली युवाहरुलाई खेलकुदप्रति सक्रिय बनाइराख्न र खेलकुदका माध्यमबाट सामाजिक क्रियाकलापमा संलग्न बनाउन उत्प्रेरित गराउन सहयोग पुर्याउनका लागि एनआरएनए जापानले गतवर्षदेखि सञ्चालन गरेको प्रतियोगितालाई यस वर्ष व्यवस्थित रुपमा निरन्तरता दिइएको हो।

खेल क्षेत्रमार्फत सामाजिक सेवाका कार्यमा सहभागी हुन युवाहरुलाई उत्साहित बनाउँदै एनआरएनएको अभियानमा जोड्नका लागि यो फुटसल फलदायी भएको विश्वास एनआरएनए जापानले लिएको छ ।

सम्पन्न प्रतियोगितालाई सभ्य मर्यादित र व्यवस्थित बनाउनका लागि जापानमा रहेका सबै संघ संस्था व्यावसायिक व्यक्तित्व एनआरएनएका अभियन्ता र सामाजिक अभियन्ताहरुलाई आफ्नो ठाउँबाट गर्नु भएको आर्थिक नैतिक भौतिक सम्पूर्ण प्रकारको सहयोगका लागि हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।

प्रतियोगिताको आयोजक एनआरएनए जापान रहेपनि सह आयोजक रुपमा एनआरएनए जापान क्षेत्रीय समिति चिवा र हरेक प्रकारको सहयोगका लागि कान्तो क्षेत्रीय समितिलाई विशेष धन्यवाद व्यक्त गर्दछौं। त्यसैगरि अन्य एनआरएनए जापानका १० वटै क्षेत्रीय समितिहरुको सहयोग पनि अतुलनिय रहेको स्मरण गर्न चाहन्छौं। आगामी दिनमा एनआरएनए जापानका हरेक गतिविधिमा यहाँहरुको यस्तै प्रकारको सहयोग र सद्भावको अपेक्षा राख्दछौँ।

प्रतियोगिता सम्पन्नपछि प्रतियोगिताका संयोजक मुक्तिराज रेग्मीले एक विज्ञप्ति जारी गरी विजेता तथा उप विजेता तिमीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै प्रतियोगितामा सहभागी सम्पूर्ण टिमहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै सहयोगी सबैप्रति आभार व्यक्त गर्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.