आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
देशका विभिन्न स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । काठमाडौं महानगरपालिका-८ गुहेश्वरी फाँटस्थित भारत घर भएका ५० वर्षीय पंकज शर्माको फर्निचर कारखानामा करेन्ट सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा विभिन्न फर्निचरहरू तथा ४ थान मोटरसाइकल समेत जलेर करिब ३० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै झापा, बुद्धशान्ति गाउँपालिका-२ गोपालडाँडा बस्ने ६२ वर्षीय शशिधर नेपालको घरमा विद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ३५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।यस्तै सिरहा, लक्ष्मीपुरपतारी गाउँपालिका-६ सितापुर बस्ने हासिफ मियाको घरमा करेन्ट सर्ट भई शुक्रबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ८ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
उता ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका-१ मान डाँडा सामुदायिक जंगलमा गएराति लागेको आगो फैलिएर सोही ठाउँ बस्ने भिम बहादुर बिकको कच्ची घर, सल बहादुर लिम्बुको गोठ र ईन्द्र माया लिम्बुको गोठमा समेत आगलागी हुँदा करिब २ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यता रूपन्देही, तिलोत्तमा नगरपालिका-२ तपाहालाईन बस्ने ६२ वर्षीया राधा पौडेलको कच्ची घरमा शुक्रबार राति आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । त्यस्तै मोरङ, रतुवामाई नगरपालिका-२ डोरिया बस्ने लतिब मियाँको घरमा शुक्रबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने फहिम मियाँ र अतवारी मियाँ समेत घरमा आगलागी हुँदा तीनै जनाको ३ वटा घर पूर्णरूपमा जलेर करिब १३ लाख ८१ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी मोरङ, बेलबारी नगरपालिका-५ कसेनी बस्ने महेन्द्र यादवको घर नजिकै परालको कुन्युमा शुक्रबार दिउँसो लागेको आगो फैलिएर महेन्द्रको घर र सँगै रहेको छोटु उराउको घरमा समेत आगलागी हुँदा दुबै जनाको घर पूर्णरूपमा जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यस्तै सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-११ पौवाथोकस्थित लिला गिरीको कुखुराको फर्ममा करेन्ट सर्ट भई शुक्रबार बेलुकी आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । त्यसैगरी दाङ, गढवा गाउँपालिका-२ बागमरुवा टोल बस्ने अर्जुन योगीको घरको आँगनमा पार्किङ गरी राखेको श्री ज्ञान ज्योति इ.बोर्डिङ स्कुल गढवा दाङको लु.१ क ५३३५ नम्बरको बसमा शुक्रबार राति आगलागी हुँदा बस पूर्णरूपमा तथा अर्जुन योगीको कच्ची भान्सा घर समेत आंशिक रूपमा जलेर करिब ५८ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल नष्टभएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया राख्नुहोस्