काठमाडौंमाा जारी आईसीसी विश्वकप लिग-२ को तेस्रो खेलमा नेपालले पपुवा न्यूगिनी (पिएनजी)माथि विशाल जित दर्ता गरेको छ । यो जितसंगै नेपालको विश्वकप यात्राको सम्भावना अरु बढेको छ ।

टस जितेर पहिले फिल्डिङ गरेको नेपालका बलरहरुका सामु पिएनजीका ब्याट्सम्यान निरीह हुँदा जम्मा ९५ रनमा समेटिंदा नेपालले ९ विकेटको विशाल जित दर्ता गरेको हो ।
पिएनजीले दिएको ९६ रनको सामान्य लक्ष्य नेपालले ७.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो। यो नेपालको अहिलेसम्मकै ठूलो जितमध्येको एक हो । आइतबार युएईलाई पनि नेपालले १७७ रनको अन्तरले पराजित गरेको थियो ।
९६ रनको लक्ष्य पछ्याएको नेपालले आक्रामक ब्याटिङ गर्दै १० ओभरभित्रै पूरा गरेको हो । नेपालका लागि आसिफ शेखले २१ बलमा ८ चौका र ३ छक्काको मद्दतमा ५१ बलमा ५३ रनको अद्र्धशतकीय पारी खेले । नेपालका लागि ओपनर कुशल भुर्तेलले १४ बलमा ३३ रन बनाएर आउट भए ।
प्रतिक्रिया राख्नुहोस्