जन सरोकार

बालविवाह मुद्दामा पाँच अभियुक्तलाई कैद फैसला

बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच अभियुक्तलाई कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले पाँच अभियुक्तलाई कैद फैसला सुनाएको हो ।

पाँचै अभियुक्तलाई जनही १८ दिनको कैद फैसला भएको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो । साथै उनीहरूविरुद्ध जनही रु दुई हजारका दरले जरिवाना भएको छ ।

व्यास नगरपालिका–५ का प्रकाश श्रेष्ठ, तुलसीकुमार श्रेष्ठ, व्यास– ६ का महादेवबहादुर गिरी, भद्रबहादुर श्रेष्ठ र एक महिलालाई कैद र जरिवानाको फैसला भएको हो । जबर्जस्ती करणीसमेत रहेको उक्त मुद्दामा बेहुलाले सफाइ पाएका छन् ।

प्रहरीले निजविरुद्ध विसं २०७८ पुस १९ गते बालविवाह गरे गराएको भन्दै अदालतमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा नौ पटक पेसी तोकिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.