विश्व समाचार

इरानी सुरक्षा प्रमुख लारिजानीकोको मृत्यु भएको तेहरानद्वारा पुष्टि

इजरायलले बुधबार आफ्नो क्षेत्रीय शत्रु इरानको राष्ट्रिय सुरक्षा प्रमुख अलि लारिजानीको मृत्यु भएको पुष्टि गरेको छ । इजरायलले इरानका सुरक्षा प्रमुखको मृत्यु भएको मङ्गलबार घोषणा गरेपनि यसबारे इरानको भनाइ सार्वजनिक भएको थिएन ।

इजरायलले आफ्नो हवाइ आक्रमणबाट सुरक्षा प्रमुख लारिजानीको मृत्यु भएको र नयाँ सर्वोच्च नेता मोजतबा खामेनीलाई खोज्ने र निष्प्रभावीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

अली लारीजानीको मृत्यु इरानका लागि ठूलो झट्का हो । करिब तीन हप्ता पहिले अमेरिका–इजरायल आक्रमणमा मारिएका लामो समयदेखि शासन गरिरहेका दिवङ्गत नेता अयातोल्लाह अली खामेनीसँग लारिजानीको निकट सम्बन्ध रहेको र इरानी युद्ध रणनीतिमा समेत विशेष भूमिका रहेको थियो ।

दिवङ्गत खामेनीको अमेरिका–इजरायली आक्रमणमा भएको मृत्युसँगै मध्य पूर्वमा युद्ध भड्किएको थियो । इरानी संसदका सभामुख बागर गलिवाफले ‘स्ट्रेट अफ हर्मुज’मा पानीजहाज युद्धपूर्वको मापदण्डमा नफर्कने वाचा गरेलगत्तै सोमबारदेखि मङ्गलबार बिहानसम्म इरानी राजधानी तेहरानमा गरेको व्यापक हवाइ आक्रमणमा लारिजानीको मृत्यु भएको थियो ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाकाबन्दी गरिएको जलमार्गबाट तेल ट्याङ्करहरू पुर्याउन मद्दत गर्ने उहाँको आह्वानलाई अस्वीकार गरेकोमा सहयोगीहरूको आलोचना गर्दै अब यसका लागि कसैको सहयोग आवश्यक नपर्ने बताउनुभएको छ । उहाँले अमेरिका यस कार्यका लागि आँफै सक्षम रहेको बताउनुभएको थियो ।

अयातोल्लाहका निकट व्यक्तित्व लारीजानीले युद्धमा इरानको प्रतिशोधात्मक अभियानको नेतृत्व गर्नुभएको थियो । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले लारिजानीको मृत्युको पुष्टि गर्दै जारी गरेको विज्ञप्तिमा भनेको छ, “इरानको विकास र इस्लामिक क्रान्तिका लागि जीवनभरको सङ्घर्षपछि अन्ततः उहाँले आफ्नो लामो समयदेखिको आकाङ्क्षा पूरा गर्नुभयो । ईश्वरीय आह्वानको जवाफ दिनुभयो र सम्मानपूर्वक सेवाको क्रममा शाहदत प्राप्त गर्नुभयो ।”

लारिजानीको मृत्युबाट हौसिएको इजरायली सेनाले २८ फेब्रुअरीमा आफ्ना पिताको मृत्युपछि सत्ता सम्हालेका सर्वोच्च नेता मोजतबा खामेनीलाई पनि समाप्त गर्ने प्रतिबद्धता जनाएको छ ।

सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले पत्रकारहरुसँग भन्नुभयो, “हामीलाई मोजतबा खामेनी सर्वोच्च नेता चुनिएपछि उहाँबारे जानकारी छैन, हामीले उहाँको आवाज सुनेका छैनौँ र देखेका पनि छैनौँ । तर हामी उहाँलाई खोज्नेछौँ, पत्ता लगाउनेछौँ र आवश्यक कारबाही गर्नेछौँ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.