प्रबास

बहराइनमा तीन नेपाली कोरोना संक्रमण, थप तीनजनालाई क्वारेन्टाइन

विश्वव्यापी महामारी बन्दैगएको कोरोना संक्रमण नेपालमा नदेखिए पनि विदेशमा रहेका नेपालीहरु भने संक्रमित भैरहेका छन् । बेलायतमा एकजना पूर्व गोर्खा सैनिकको मृत्यु भयो भने बहराइनमा तीन नेपालीलाई कोरोना संक्रमण देखिएको छ र थप तीनजनालाई आशंकामा क्वारेन्टाइनमा राखिएको छ ।

समाचार अनुसार रोजगारीका लागि करिब ३५ हजार नेपाली रहेको बहराइनमा शनिबार बेलुकी परीक्षणको क्रममा नेपाली तीन जना पुरुष व्यक्तिलाई कोरोना संक्रमणको पुष्टि भएको हो । बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासले दिएको जानकारी अनुसार संक्रमित नेपालीलाई बहराइन सरकारले अस्पतालमा राखी उपचार गरेको र उनीहरुको परिचय गोप्य राखिएको छ ।

त्यस्तै क्वारेन्टाइनमा बस्नेमा दुई पुरुष र एक महिला छन् । उनीहरु काम गर्ने घरमा इरानबाट आएका एक जनालाई कोरोना पोजेटिभ देखिएपछि त्यो घरको सम्पूर्णलाई एक हप्तादेखि क्वारेन्टाइनमा राखिएको हो ।

बहराइन सरकारले छुट्टै तीन ठूलो अस्पताल बनाइ कोरोना संक्रमणको असैध्य राम्रो उपचार व्यवस्था गरेको राजदूत सुन्दासले बताए । बहराइनमा कोरोना संक्रमण देखिएको जुन देशको नागरिक भए पनि उनीहरुलाई सरकारले देशमै राखि उपचार गरिरहेको छ ।

बहराइनमा कुल ३१० जनामा कोरोनाको संक्रमण देखिएको छ । उनीहरू मध्ये १२५ जनामा निको भइसकेका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.