जन सरोकार

सञ्चारिका समूहद्वारा पुरस्कृत सञ्चरकर्मीहरुको नाम घोषणा

सञ्चारिका समूह नेपालद्वारा स्थापित विभिन्न पुरस्कारहरु पाउने सञ्चरकर्मीहरुको नाम घोषणा गरिएको छ । समूहकी महासचिव बिमला तुम्खेवाद्वारा जारी विज्ञप्ति अनुसार ‘सञ्चारिका समानता पुरस्कार २०७७’ पत्रकारद्घय फातिमा बानु र विद्या राईलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ ।

सञ्चारिका समानता पुरस्कारको राशि रू. १५०००।– (पन्ध्र हजार) रुपैयाँ रहेको छ । ‘समानताका लागि सञ्चार’ भन्ने आफ्नो मूल नारालाई सफल रूपमा अघि बढाउने उद्देश्यले सञ्चारिका समूहले २०५७ सालदेखि हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।

यसै गरी ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७६’ रौतहट जिल्लाबाट पत्रकारिता गर्दै आउनुभएकी पत्रकार बिना राउतलाई प्रदान गर्ने निर्णय गरिएको छ । पत्रकार राउत रौतहट जिल्लाको रेडियो राजदेवी र फ्रन्टलाईन खबर दैनिकमा कार्यरत हुनुहुन्छ ।

यसै गरी ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७७’ रुकुम पश्चिम जिल्लाबाट पत्रकारिता गर्दै आउनुभएकी पत्रकार हिरा परियारलाई प्रदान गर्ने निर्णय गरिएको छ । पत्रकार परियार रुकुम पश्चिमबाट ग्यालेक्सी फोरके टिभीमा कार्यरत हुनुहुन्छ । उक्त पुरस्कारको राशि रू. ७,१११।– (सात हजार एक सय एघार) रहेको छ ।

यसैगरी ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७६’ पत्रकारद्घय सेतोपाटी डट कममा कार्यरत मनिका विश्वकर्मा र नेपाल टेलिभिजनमा कार्यरत सीतादेवी पोखरेल (मिनु) लाई प्रदान गर्ने निर्णय गरिएको छ । यसको साथै ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७७’ पत्रकारद्घय गोरखापत्र अनलाईनमा कार्यरत सपना थामी र इकागज डट कममा कार्यरत सृजना खड्कालाई प्रदान गर्ने निर्णय गरिएको छ ।

‘सञ्चारिका समानता पुरस्कार २०७६’ पत्रकार मुना कुँवरलाई प्रदान गर्ने निर्णय भएको थियो । गत वर्ष र यस वर्ष घोषणा भएका सबै पुरस्कारहरु यहि मिति २०७८ चैत्र ११ गते शुक्रबारका दिन प्रदान गरिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.