क्रिकेटखेल

आईपीएलमा राजस्थान रोयल्सको सानदार सुरुवात

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले सानदार सुरुवात गरेको छ । आइतबार भएको खेलमा राजस्थानले सनराइजर्स हैदराबादलाई ७२ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा सानदार सुरुवात गरेको हो ।

आईपीएलमा राजस्थान रोयल्सको सानदार सुरुवात

हैदराबादको घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । राजस्थानको लागि कप्तान सन्जु सामसन, जस बटलर र यशस्वी जैसवालले अर्धशतकीय पारी खेल्दै क्रमश: ५५, र समान ५४-५४ रन बनाए । त्यस्तै शिमरन हिटमायर २२ रनमा अविजित रहे । हैदरबद्को लागि फाजल्हक फारुकी र टि नटराजनले समान २-२ विकेट लिए भने उमरन मालिकको भागमा १ विकेट रह्यो ।

२०४ रनको लक्ष्य लिएर मैदान उत्रेको हैदराबाद निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रनमात्र बनायो । उसको लागि अब्दुल समद ३२ रनमा अविजित रहे मयंक अग्रवालले २७ रन बनाए । यस्तै उमरन मालिक १९ रनमा अविजित रहँदा अदिल रसिदले १८ र ह्यारी ब्रुकले १३ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

राजस्थानको लागि युजभेन्द्र चाहलले ४ विकेट लिए भने ट्रेन्ट बोल्टले २ विकेट लिँदा रविचन्द्र आश्विन र जेसन होल्डरको भागमा समान १-१ विकेट रह्यो । जितसँगै २ अंक जोडेको राजस्थान शीर्ष स्थानमा छ भने अंक विहिन हैदराबाद आठौँ स्थानमा रहेको छ ।

 

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.