जापान

टोकियोमा ९७ जना नयाँ कोरोना संक्रमित : अधिकांश संक्रमितको उमेर ४० वर्षभन्दा कम

राजधानी टोकियोमा बिहिबार कोरोना भाइरसका ९७ जना नयाँ संक्रमित भेटिएका छन् । टोकियो महानगर प्रशासनका अनुसार संक्रमितको यो संख्या हालसम्मको उच्च हो र योसंगै ६ सय ८४ जनामा संक्रमण भएको पुष्टि भएको छ ।

यसअघि मंगलबार एकैदिन ७८ जना नयाँ संक्रमित भेटिएका थिए । अधिकारीहरुका अनुसार २१ जना संक्रमित ताइतो क्षेत्रको एइजु सार्वजनिक अस्पतालमा पत्ता लागेका थिए जहाँ १०० भन्दा बढी संक्रमणको आशंकामा उपचाररत छन् ।

बुधबारसम्म संक्रमण भएका ४ सय १६ जनामा ३० वर्षको हाराहारीमा रहेकाहरुको संख्या ८९, २० देखि २९ वर्षका ६२, १० देखि १९ वर्षका ८ र १० वर्षभन्दा कम उमेरका ४ जना रहेका छन् । त्यस्तै ४० वर्ष ४० वर्षभन्दा कम रहेको छ, जउमेरका १ सय ६३ जना संक्रमित भएका छन् जुन, कुल संक्रमितको ४० प्रतिशत रहेको छ ।

एनएचकेका अनुसार कोरोना भाइरस संक्रमण राजधानी टोकियोमा तीब्र गतिमा बढिरहेको छ । अर्कोतिर युवाहरुमा संक्रमण बढेका कारण यो अर्को चिन्ताको विषय बनेको र यो संकेत मात्र पनि हुनसक्छ । यसै गरी अधिकारीहरुले संक्रमितहरुको उमेर पुष्टि गर्न जोड दिंदै युवावर्गलाई सावधानी अपनाउन आव्हान गर्दै वृद्धवृद्धालाई यसबाट बचाउन आवश्यक कदम चाल्नुपर्ने बताएका छन् ।

सम्बन्धित खबर

Back to top button