विश्व समाचार

भरतीय प्रधानमन्त्री मोदीबाट कोरोनाको आयुर्वेदिक उपचारको वैज्ञानिक परीक्षण गर्न कार्यदल गठन

अभिनन्दनको भारत फिर्तीपछि मोदीले भने, 'शत्रुलाई अहिले भारतको डर छ'

अभिनन्दनको भारत फिर्तीपछि मोदीले भने, 'शत्रुलाई अहिले भारतको डर छ'

विश्वलाई त्रस्त बनाइरहेको कोरोना भाइसर (कोभिड १९)को उपचार र रोकथामका लागि खोप तथा औषधिको विकास हुन नसकिरहेका बेला यसको उपचारमा आयुर्वेद रामवाण सावित हुनसक्ने विज्ञहरुले बताइरहेका छन् । यस्तोमा भारतमा कोरोनाभाइरस विरुद्धको आयुर्वेदिक उपचारलाई वैज्ञानिक रुपमा प्रमाणित गर्न कार्यदल गठन गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले नै कार्यदल गठन गरेर आयुर्वेदिक उपचार पद्धतिबाट कोरोनाभाइरसको उपचार हुन्छ की हुँदैन परीक्षण गर्न र वैज्ञानिक रुपमा पुष्टि गर्न निर्देशन दिनु भएको हो ।

आइसीएमआरजस्ता निकायहरुसँग समन्वय गरेर यसका बारेमा अध्ययन गर्न प्रधानमन्त्री मोदीले लगाउनु भएको आयुर्वेद र योगसम्बन्धी संघीय राज्यमन्त्री श्रीपद वाई नाइकले जानकारी दिनु भएको छ ।

एएनआईसँगको कुराकानीका क्रममा राज्यमन्त्री नाइकले भन्नुभयो, कोरोनाभाइरसको आयुर्वेदिक तथा परम्परागत उपचारका बारेमा वैज्ञानिक रुपमा परीक्षण तथा पुष्टि गर्न प्रधानमन्त्री मोदीले नै एउटा कार्यदल बनाएर परिचालन गर्नुभएको छ ।

आयुर्वेदिक उपचार पद्धतिका बारेमा आफूहरुसँग झण्डै दुई हजार प्रस्तावहरु आएको र ती सबैको अध्ययन र परीक्षण गरिने जानकारी उहाँले दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.