खेलजापानविविध

आठौ सिल्भर रनिङ कपको उपाधि पर्वत समाज जापानलाई

गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानको नवौं वार्षिकोत्सव तथा आठौं सिल्भर रनिङ पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । सोमबार टोकियो कामतामा आयोजित भलिबल प्रतियोगिताको उपाधी पर्वत समाज जापानले हात पारेको छ।

समाजले उपाधीसंगै नगद ३ लाख १९ हजार ९ सय ९९ येन नगद रनिंग सिल्भर कप ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपबिजेता घुम्टे युवा परिवार जापान शाखाले नगद २ लाख १९ हजार ९ सय ९९ येन नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

प्रतियोगितामा सेमिफाइनलिष्ट समूह सान्त्वना गल्कोट स्पोर्ट क्लव टोकियो र गल्कोट समाज जापान ले पुरस्कार स्वरूप ५५ हजार ५ सय ५५ येन र प्रमाणपत्र पाएको छ ।

कार्यक्रम क्लवका अध्यक्ष डिलाराम निउरेको सभापतित्व तथा गल्कोट समाज जापानकी केंद्रीय अध्यक्ष कालिका थापाको प्रमुख अथित्यमा मा संम्पन भयको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य क्लब सचिव दिनेश थापाले दिनुभयो भनें सञ्चालन महासचिव हिमाल कँडेल गर्नुभएको थियो । टोकियोको कामातामा रहेको ओता सिटी जेनरल म्युजियम हलमा भएको प्रतिस्पर्धामा १२ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेल पर्दशन गर्ने खेलाडीलाई म्यान अफ द म्याचको उपाधीद्वारा पुरस्कृत गरिएको थियो। उक्त विधागत अन्तरगतको विजेता टिम पर्वत समाज जापानको टिमबाट वेस्ट देव शर्मा माईला, वेष्ट क्विकर प्रकाश चन्द्र जोशी, वेष्ट सेटर उमेश लामिछाने, वेष्ट कोच सुभाष लामिछाने र उपविजेता घुम्टे युवा परिवार जापानको टिमबाट वेष्ट स्पाइकर प्रदिप गुरुङ वेष्ट बल्कर धिरेन्द्र सिंह ठकुरी र वेष्ट डिफेन्डर मनोज केसीलाई ट्रफीद्वारा पुरस्कृत गरिएको खेल संयोजक गणेश केसीले जानकारी दिनुभयो ।

प्रतियोगिताको औपचारिक कार्यक्रममा आर्थिक सहयोग गर्ने सहयोगदाता, संस्थागत सहकार्य गर्नुहुने सामाजिक संघ संस्था, समाजसेवी व्यक्तित्व, नेपालबाट जापानका विभिन्न शहरमा सांगीतिक कार्यक्रम लिएर आएको नेपालको ईन्द्रेणी टिमलाई सम्मान पत्र, मायाको चिनो र खादाद्वारा सम्मानित गरिएको थियो ।

खेल संचालनका लागि रेफ्री, प्राविधिक तर्फको सम्पुर्ण जिम्मेवारी नेपाल भलिबल संघ जापान शाखाले सहयोग उपलब्ध गराएको थियो भने नेपाल भलिबल संघ गण्डकी प्रदेशका अध्यक्ष नविन गरुङको संयोजकत्वमा सम्पूर्ण खेल संचालन गरिएको थियो ।

कार्यक्रममा विशिष्ट अथिथि क्लवका संरक्षक गिरि शेरचन, रत्न सिंह बस्नेत, लक्षण कार्की, एनआरएनए जापानका वरिष्ट उपाध्यक्ष क्लवका सल्लाहकार नवीन निउर लगायत जापानबासी नेपालीहरुको उपस्थिति थियो ।

“स्वास्थ्यका लागि खेलकुद राष्ट्रकाका लागि खेलकुद” भन्न्ने मुल उद्देश्यका साथ स्थापित गल्कोट स्पोर्ट्स क्लब टोकियोले राष्ट्रिय खेल भलिबलको संरक्षण सम्वद्र्धन, विकास र प्रवासमा रहेका खेलाड़ीहरूलाई क्रियाशील बनाइराख्न भलिबल प्रतियोगितालाई निरन्तरता दिइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.