जापान
संकटकाल अवधिभर नेपाली दूताबास टोकियोको सबै सेवा स्थगित

टोकियोस्थित नेपाल दूताबास जापानले संकटकाल अवधिभर प्रदान गर्न सबै प्रकारका सेवा स्थगित गरिएको जनाएको छ । दूताबासले राहदानी, यात्रा अनुमति, जन्मदर्ता, नाता प्रमाणिकरण लगायतका दैनिक प्रदान गर्दैआएका सेवा स्थगित गरेको र यी कार्यका लागि इमेलमार्फत सम्पर्क गर्न अनुरोध गरेको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड २९)का कारण जापानमाको राजधानी टोकियो लगायतका शहरहरुमा संकटकाल लागू गरिएपछि नेपाली दूताबासले प्रदान गर्दैआएको नियमित सेवाहरु हाललाई स्थगित गरिएको जनाएको हो ।
दूताबासले एक वित्रप्ति जारी गरी जापान सरकारले अप्रिल ७ दखि मे ६ सम्म टोकियो लगायत ९ वटा प्रान्तमा संकटकाल घोषणा गरेकाले दूताबासमा आउजाउ गर्न र सेवा दिन समस्या हुने भएकाले कन्सुलर सेवा स्थगित गरिएको जनाएको हो ।
प्रतिक्रिया राख्नुहोस्